Below Menu
Below Menu

प्रतितोला एक हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार 

प्रतितोला एक हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार