काठमाडौं : आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ७ करोड १४ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ३ लाख ६० हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।
गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको असोज मसान्तसम्म एक अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
तीन अर्ब ७५ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ४३ रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा १४ करोड ५० लाख रुपैयाँ रहेको र शेयर प्रिमियममा एक अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानी घटेको छ । गत आवको सोही अवधिमा १६ रुपैयाँ ८ पैसा रहेको इन्स्योरेन्सको इपीएस घटेर ७ रुपैयाँ ६३ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १८१.४१ रुपैयाँ रहेको छ ।
Advertisment