काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज बजारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा सयपत्री हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले बढेको हो । त्यस्तै आज माउन्टेन इनर्जी, नेपाल एसबिआई बैंक र माया खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
Advertisment