काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै २२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज पाँच करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले बढेको हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।
Advertisment