Below Menu
Below Menu

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार  

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार  

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार