Below Menu
Below Menu

तीन अर्ब बढीको हकप्रद जारी गर्न दुई बीमा कम्पनीले दिए बोर्डमा निवेदन 

तीन अर्ब बढीको हकप्रद जारी गर्न दुई बीमा कम्पनीले दिए बोर्डमा निवेदन 

काठमाडौं : तीन अर्ब बढीको हकप्रद जारी गर्ने अनुमति माग्दै दुई बीमा कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
बोर्डका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) र एनएलजी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३० करोड ९९ लाख २२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् ।

बोर्डका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले १ बराबर ०.८८ को अनुपातमा र एनएलजी इन्स्योरेन्सले १० बराबर ६.६ को अनुपातमा हकप्रद जारी गर्ने भएका हुन् ।

एलआईसीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
 

Advertisment

थप समाचार