काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज बजारमा ९३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा आशा लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुव्त्ति व्त्तिीय संस्था, मिड सोलु हाइड्रोपावर, ज्योति विकास बैंक र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।
आज बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment