काठमाडौं : दुईमहिनामा नेपाल सरकारको कुल खर्च १ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को दुईमहिनामा नेपाल सरकारको कुल खर्च १ खर्ब ३१ अर्ब १४ करोड भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालु खर्च ८७ अर्ब ६६ करोड, पँुजीगत खर्च ८ अर्ब १६ करोड र वित्तीय व्यवस्था खर्च रु.३५ अर्ब ३१ करोड रहेको छ ।
त्यस्तै यस अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.१४१ अर्ब ८ करोड भएको छ । यस अन्तर्गत कर राजस्व रु.१२७ अर्ब ९६ करोड र गैर कर राजस्व रु.१३ अर्ब १२ करोड परिचालन भएको छ ।
Advertisment