काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहारो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज बजारमा एक ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हाथवे इन्भेष्मेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज चार करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा एन आईबीएल प्रगति फण्ड रहेको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको हो । आज हाथवे इन्भेष्मेन्ट कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment