Below Menu
Below Menu

कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढ्यो 

कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढ्यो 

काठमाडौं : कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वतर्मान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतलेवृद्धि भई २०८० भदौ मसान्तमा रु.१५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८०
असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा रु.१३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ०६ अर्ब ५२ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० भदौमसान्तमा ०.६ प्रतिशतले कमी आई रु.१९२ अर्ब ३८ करोड कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ  ।
 

Advertisment

थप समाचार