Below Menu
Below Menu

अर्थतन्त्र सुधारका लागि सबै निकाय जिम्मेवार हुन आवश्यक छः अर्थमन्त्री 

अर्थतन्त्र सुधारका लागि सबै निकाय जिम्मेवार हुन आवश्यक छः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र सुधारका लागि सबै निकाय जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । ‘अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयले मात्र काम गरेर हुँदैन । सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्नुपर्छ’, उनले भने, ‘अर्थतन्त्र सुधारका लागि सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ । यसरी अगाडि बढेमा हामी चाडैं राम्रो गतिमा अगाडि बढन सक्छौं ।’ बिस्तारै अर्थतन्त्र सकारात्मक हुँदै गएको समेत उनले दाबी गरे । 

सोमबार काठमाडौंमा आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै भने, ‘जो सशक्त छ उ विभेदमा पर्दैन, विभेद कम गर्नका लागि राज्यले पनि ध्यान दिनुपर्छ । पत्रकारिता क्षेत्रमा महिलाहरुको पनि सहभागिता बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो । महिलाहरु जुनसुकै क्षेत्रमा अगाडि बढनको लागि कसैले रोकेर रोकिँदैन । निरन्तर अगाडि बढीरहनेछ ।’

नेपालले शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै ठुलो फड्को मारेको बताउँदै उनले अगाडि भने, ‘नयाँ नया सञ्चार संस्थाहरु खुलिरहेका छन् । यस क्षेत्रबाट सकारात्मक नतिजा कसरी ल्याउन सकिन्छ भनेर ध्यान दिनुपर्छ ।’

Advertisment

थप समाचार