Below Menu
Below Menu

युनिलिभर नेपालद्वारा हालसम्मकै सबैभन्दाबढी लाभांश प्रस्ताव 

युनिलिभर नेपालद्वारा हालसम्मकै सबैभन्दाबढी लाभांश प्रस्ताव 

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कम्पनीको हालसम्मकै सार्वधिक लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ११ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार