Below Menu
Below Menu

दसैंको मुखैमा उपभोक्तालाई राहत, ११ रुपैयाँले घट्यो पेट्रोल

दसैंको मुखैमा उपभोक्तालाई राहत, ११ रुपैयाँले घट्यो पेट्रोल

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य ११ रुपैयाँले घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा कायम भएको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ कायम भएको छ ।

Advertisment

थप समाचार