Below Menu
Below Menu

समयमा काम नगर्ने विभिन्न २० निर्माण कम्पनी कालोसूचीमा 

समयमा काम नगर्ने विभिन्न २० निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० निर्माण व्यवसायी र  कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयको असोज १५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरुमा कोटेश्वरस्थित एम/एस सकिल हैदर–शंकर माली निर्माण सेवा– सुनौला खिम्ती कन्स्ट्रक्सन जेभी, भारतको हैदरावादस्थित एम/एस सिपेल, चीनको सफ्बोन वाटर सर्भिस (होल्डिंग) आईएनएस, सिंगापुरमा शाखा रहेको आईजिएस इन्फरमेसन सर्भिसेस ग्रुप अमेरिकास इंक, चितवनको आरभान कन्स्ट्रक्सन प्रालि रहेका छन । कार्यालयले उल्लेखित कम्पनीहरुलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

त्यस्तै, २ वर्षका लागि ती कम्पनीलाई कालोसूचीमा राखेको छ । जसमा मकवानपुरमा रहेको शिवालय बिल्डर्स, जनकपुरको स्काइ÷वाइबा एण्ड लामा मा जानकी जेभी र काठमाडौंस्थित नागार्जुन–शंकरमाली जेभी रहेका छन् ।

त्यसैगरी, कार्यालयले चार कम्पनीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको छ । जसमा दुई वर्षका लागि कालोसूचीमा परेको मकवानपुरको शिवालय बिल्डर्सलाई पुनः १ वर्ष ६ महिना पनि कालोसूचीमा राखिएको छ । त्यस्तै, काठमाडौंको रुपन्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि, रोल्पाको ति.ई.भू. निर्माण सेवा, चितवनको कश्यप÷आरभान जेभी रहेका छन् ।

कार्यालयले एक वर्षका लागि कालोसूचीमा राखेका अन्य कम्पनीहरुमा चितवनको अर्विन्द्र कन्स्ट्रक्सन, इमाडोलको इको भिजिनरी प्रालि, सप्तरीको महेन्द्र निर्माण सेवा, काठमाडौंको एम/एस एसियन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिंग कन्सल्टेन्ट प्रालि, झापाको एभ्रीथिंग सलुसन कन्स्ट्रक्सन प्रालि रहेका छन् ।

कार्यालयले सिन्धुपाल्चोकको चौतारा साँगाचोकको गौरती भिमसेन निर्माण सेवा लाई पनि एक वर्षका लागि कालोसूचीस्मा राखेको छ । त्यस्तै, डडेलधुराको सैपाल अटोमोबाइल्स प्रालि र काठमाडौंको ग्रिन वर्ल्ड÷जयस कन्स्ट्रक्सन जेभी पनि एक वर्षका लागि कालोसूचीमा परेको कार्यालयले जनाएको छ । 


 

Advertisment