काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।
Advertisment