Below Menu
Below Menu

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट, आज आठ सयले घट्यो 

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट, आज आठ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट आएको छ । गत मंगलबारदेखि निरन्तर गिरावट आएको सुनचाँदीको मूल्यमा आज चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार