Below Menu
Below Menu

बीमा गराउँदा दिएको आश्वासन जसरी दाबी भुक्तानीलाई पनि सहज गराउनुपर्छः मुख्यमन्त्री पाण्डे

बीमा गराउँदा दिएको आश्वासन जसरी दाबी भुक्तानीलाई पनि सहज गराउनुपर्छः मुख्यमन्त्री पाण्डे

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल बीमा प्राधिकरणका पदाधिकारीसँग बिहिबार भएको अन्तक्र्रियामा उनले दाबी भुक्तानी पाइएन भनेर नागरिकको गुनासो आउने गरेको बताए । बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाउँदा बीमितहरू निराश बन्ने उनले बताए । 

बीमाका सम्बन्धमा हाल पनि सर्वसाधारण सबैलाई जानकारी नभएको उल्लेख गर्दै उनले कृषि, पशु, व्यवसाय आदिलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन आग्रह गर्दै उहाँले सहकार्य, समन्वयका लागि सरकार प्रतिबद्ध भएको बताए । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे । गण्डकी प्रदेशमा २७ दशमलव ४३ प्रतिशत र देशभर ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा रहेको उक्त अवसरमा जानकारी गराइयो ।

नेपालमा जीवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपक्षी बीमामा सङ्घले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी शतप्रतिशत अनुदानको व्यवस्था रहेको जनाइएको छ ।

Advertisment

थप समाचार