Below Menu
Below Menu

नेप्सेमा दोहोरो अंककाे गिरावट, कारोबार रकम पनि घट्यो  

नेप्सेमा दोहोरो अंककाे गिरावट, कारोबार रकम पनि घट्यो  

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १८.६० अंकले घटेर २००४.३० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने मनकामना इन्जिनियरिङ हाइड्रोपावर, कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । आज लक्ष्मी भ्यालु फण्ड –२ र शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार