काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment