काठमाडौं : सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयन आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले घोषणा गरेको व्यवस्था कार्यान्वयनमा आएको जनाएको हो ।
उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै अब नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजी वृद्धिको व्यवस्थामा अब शुल्क नलाग्ने भएको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्दै आएको दस्तुर मिनाहा गरेको जनाएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट घोषणा उक्त व्यवस्था करिब चार महिनामा पछि कार्यान्वयनमा आएको हो ।
नयाँ व्यवस्था अनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा, दर्ता भइसकेको कम्पनीले पूँजी वृद्धि गर्दा अब कुनै शुल्क लाग्ने छैन ।
Advertisment