Below Menu
Below Menu

एफएनसीसीआई अध्यक्ष ढकालद्वारा क्षेत्रीय सहकार्यमा जोड

एफएनसीसीआई अध्यक्ष ढकालद्वारा क्षेत्रीय सहकार्यमा जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतिलाई पार गर्न एशिया प्रशान्त क्षेत्रका मुलुकहरुबीच सहकार्य जरुरी रहेको बताएका छन्। 

जापानको राजधानी टोकियोमा आयोजित एशियन रोजगारदाता सम्मलेनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

एफएनसीसीआईका अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एशिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरु दोहोर्याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबीचको सहकार्य र सवन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताए । 

ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण गराउनुभयो । उनले सम्भावित असमानताहरुलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । 

ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौना उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक सम्वादको सुदृढीकरणमा नेपाल प्रतिवद्ध रहेको समेत बताए । नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदियमान मुलुक, चीन र भारतको बिचमा रहेकोले, नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताए। 

उहाँले नेपालको जलविद्युत, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । आफ्नो भनाइको अन्त्यमा अध्यक्ष ढकालले विकसित विश्वव्यापी समस्यालाई कम गर्न सबैको साथ र सहयोगको लागि समेत अपिल गरे ।

Advertisment

थप समाचार