काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३६.२५ अंकले घटेर २६५४.२८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा छ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टस् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल ल्युब आयल कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १२.४७ प्रतिशतले बढेको हो । आज मिड सोलु हाइड्रोपावर शेयरमूल्य ११.५८ प्रतिशतले घटेको छ ।