काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेकाे छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment