Below Menu
Below Menu

बुधबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार नाघ्यो   

बुधबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार नाघ्यो   

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment

थप समाचार