Below Menu
Below Menu

ठूलो लगानी भएको क्षेत्रको सुझाव समेटेर मात्रै बीमासम्बन्धी नीतिहरु जारी गर्छौः अध्यक्ष सिलवाल 

ठूलो लगानी भएको क्षेत्रको सुझाव समेटेर मात्रै बीमासम्बन्धी नीतिहरु जारी गर्छौः अध्यक्ष सिलवाल 

कठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ठूलो लगानी भएको क्षेत्रको सुझाव समेटेर मात्रै बीमासम्बन्धी नीतिहरु जारी गर्ने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादक समुहको भेटवार्तामा उनले यस्तो बताएका हुन् । 

उक्त भेटमा बौल्दै प्राधिकरणका अध्यक्ष सिलवालले इप्पानका सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिकाहरु जारी गर्ने बताए ।

पछिल्लो समय बीमा प्राधिकरणले ‘निर्जीवन बीमा कम्पनीहरुको लागि जारी गरिएको न्युनतम प्रिमियम सम्बन्धी निर्देशिका २०७८’ जारी गर्दै एकतर्फी रुपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इप्पानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ ।
उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इप्पानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र लेखेर खबरदारी गर्दै आइरहेको छ ।

यो बीचमा निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघ र इप्पानबीच दुवै पक्षलाई मान्य हुने प्रिमियम निर्धारणका लागि २/३ पटक छलफल भएको छ । तर, सबैलाई मान्य हुने गरी प्रिमियम निर्धारण गर्ने काम भने हुन सकेको छैन । जसका कारण कतिपय नविकरण गर्नुपर्ने पोलीसीहरु नविकरण गरिएका छैनन् भने नयाँ पोलीसी पनि जारी भएका छैनन् ।
 

Advertisment

थप समाचार