Below Menu
Below Menu

प्रतितोला छ सयले बढ्यो सुन, चाँदीको मूल्य कति ?

प्रतितोला छ सयले बढ्यो सुन, चाँदीको मूल्य कति ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisment