काठमाडौं : नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर बिहिबारदेखि आइतबार पनि स्थिर रहेको हो । तर, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment