काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६७ हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी ६७ हजार ४८१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
इन्स्योरेन्सको शेयर मूल्य २०० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुले आफ्रले खरिद गर्न चाहेको प्रति कित्ता र मूल्य उल्लेख गरी आवश्यक कागजपत्र सहित सम्पर्क गर्न कम्पनीले जनाएको छ ।
इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालयमा थापागाउँ स्थित कार्यालयको शेयर विभागमा आवेदन दिन दिनुपर्नेछ ।
Advertisment