काठमाडौं । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको छ ।
समिक्षा अवधिमा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आवको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको अवधिमा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो।
उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र कमिशन आम्दानी बढेसँगै नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेर २ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै खुद फि तथा कमिशन आम्दानी पनि १३६.३७ प्रतिशतले बढेर २ करोड २७ लाख रुपैयाँ पुगेको छ । असारमसान्तसम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ ।
Advertisment