Below Menu
Below Menu

समाचार प्रभाव : गलत निर्णयबाट पछि हट्याे नेपाल बहुउद्देश्यीय सहकारी

समाचार प्रभाव : गलत निर्णयबाट पछि हट्याे नेपाल बहुउद्देश्यीय सहकारी

काठमाडौं : अन्ततः झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था गलत निर्णयबाट पछि हटेकाे छ । संस्थाले साेमबार (हिजाे) विना जानकारी सदस्यकाे खाताबाट सात सय रुपैयाँ झिकेकाे थियाे । संस्थाले झण्डै ६० हजार सदस्यबाट ४ कराेड भन्दा बढी रकम `सदस्य कल्याणकारी काेष´काे लागि भन्दै विना जानकारी खाताबाट झिकेकाे थियाे ।

काेष स्थापना गरेर सदस्यलाई राहत दिने उद्देश्य भएपनि विना जानकारी खाताबाट संस्थाले पैसा झिकेपछि सदस्यहरुले व्यापक असन्तुष्टि जनाएका थिए । अन्ततः सदस्यकाे खाताबाट झिकिएको रकम पुनः खातामै पठाउने निर्णय संस्थाले गरेकाे छ। 

संस्थाले आज अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै सदस्यसँग छलफल र अन्तरक्रियाकाे माध्यमबाट अन्तिम निर्णयमा पुग्नेगरी हाललाई काेषकाे व्यवस्था स्थगन गरेकाे हाे । सदस्यकाे खाताबाट झिकिएकाे उक्त रकम आजकै मितिमा साेही खातामा फिर्ता पठाउने निर्णय गरेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । 

Follow Up News

Advertisment

थप समाचार