बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । संस्थाका पीडितले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दर्ता गरेका हुन् । संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गराएका हुन् ।
संस्थाका अध्यक्ष नेपाली ढोरपाटन नगरपालिकाका मेयर हुन् । मेयर नेपालीसहित उनकी श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाहीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
कुल एक अर्ब ३० करोड बिगोदाबीसहित १५ सय ४३ जनाको हस्ताक्षरसहित अदालतमा मुद्दा दर्ता भएको छ । सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग गरिएको छ । एक अर्ब ३० करोड रुपैयाँ बिगोदाबी गरेर मुद्दा दर्ता गरिए पनि अहिले झन्डै दुई अर्ब रकम हिनामिना भएको पीडितहरूको भनाइ छ ।
Advertisment