Below Menu
Below Menu

पुष्प शर्मा बने कुमारी क्यापिटलको सिइओ, वित्तीय क्षेत्रमा १३ वर्षको अनुभव

पुष्प शर्मा बने कुमारी क्यापिटलको सिइओ,  वित्तीय क्षेत्रमा १३ वर्षको अनुभव

काठमाडौं : कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुष्प शर्मा नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी शर्मालाई नियुक्त गरेको हो ।

यस अघि उनी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव संगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व भएको क्यापिटलले जनाएको छ ।

उनी यस अघि नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रही कार्यरत थिए ।

नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माको व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा विश्वस्त रहेको कुमारी क्यापिटलले जनाएको छ ।

कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी ४० करोड छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आएको छ।

Advertisment

थप समाचार