Below Menu
Below Menu

सात नयाँ ब्रोकर कम्पनीले थाले सेयर ट्रेडिङ

सात नयाँ ब्रोकर कम्पनीले थाले सेयर ट्रेडिङ

काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले आजबाट कारोबार सुरु (सेयर ट्रेडिङ) गरेका छन् । १६ वर्षपछि लाइसेन्स पाएका सात कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरी आजबाट सेयर खरिदबिक्री सुरु गरेका हुन् ।

भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्युरिटिज ६६ र प्रोपर्टी बिजवार्ड ६७ नम्बरले सेयर कारोबार सुरु गरेका हुन् ।

कोबार सुरु भएसँगै सेयर बजारलाई सुदृढिकरण गर्दै थप नयाँ उचाईमा पुर्याउन सहयोग पुग्ने धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष एवं ६३ नम्बर ब्रोकर हिमालनय ब्रोकेजका संचालक सागर ढकालले बताए । नयाँ कम्पनी थपिदा सेयर बजारको विस्तारका साथै बढी पुँजी हुँदा बजारको विकास र दायर बढाउनमा ठूलो सहयोग पुग्ने ढकालले बताए ।

Advertisment

थप समाचार