काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पहिलो चरणको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन ४ गते (बिहीबार)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रूपैयाँ तोकिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता आइपीओ निष्कासन गर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ।
Advertisment