विराटनगर : सदस्यकाे बचत रकम अपचलन गरेको अभियोगमा एक सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन्।
मोरङको पथरी शनिश्चरे नगरपालिका-६, स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वनाथ चौधरी कारागार चलान भएका हुन्।
२०७९ सालको चैत्र महिनाबाट व्यवस्थापक पदमा कार्यरत वर्ष ४४ मन तामाङ, लेखा सहायक पदमा कार्यरत वर्ष ४६ को विश्वनाथ चौधरी र वर्ष ४५ का अध्यक्ष लाल बहादुर भण्डारीले तारा खड्का समेत ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना तथा ठगी गरेको कसूरमा प्रहरीले पक्राउ गरेको थियो।
Advertisment