Below Menu
Below Menu

सिडीएससीले दियो सात ब्रोकरलाई क्लियरिङ मेम्बर, कारोबार सुरु गर्ने तयारी

सिडीएससीले दियो सात ब्रोकरलाई क्लियरिङ मेम्बर, कारोबार सुरु गर्ने तयारी

काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सदस्यता पाएका छन् । सिडीएससी सोमबार क्लियरिङ मेम्बर अर्थात् राफसाफ सदस्यता प्रदान गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट गत बिहीबार कारोबार सदस्यता प्राप्त गरेपछि २२ गते सिडीएससीमा आवेदन दिएका थिए । क्लियरिङ मेम्बर पाउने कम्पनीहरुमा सन सेन्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६४), मियो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६६), हिमालयन ब्रोकरेज प्रा.लि. (ब्रोकर नम्बर ६३),  सेयरप्रो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६५) रहेका छन् । त्यस्तै भोले गणेश सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६१), क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६२) र प्रोपर्टी विजार्ड प्रा.लि. (ब्रोकर नम्बर ६७) रहेका छन् ।

सिडीएसबाट सदस्यता पाएसँगै अब ब्रोकरहरूले कारोबार गर्न सक्नेछन्।

Advertisment

थप समाचार