Below Menu
Below Menu

११ लाख परिवारमा जाेडिएकाे साना किसान बन्याे मुलुककै ठूलाे लघुवित्त

११ लाख परिवारमा जाेडिएकाे साना किसान बन्याे मुलुककै ठूलाे लघुवित्त

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था बीच एकीकृत काराेबार सुरु भएकाे छ। आइतबार (असार २४ गते) एक कार्यक्रमको आयोजना गरी साना किसान लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

एकीकरणपछि संस्थाकाे कुल सम्पत्ति ४९ अर्ब १८ कराेड रुपैयाँ पुगेकाे छ। एकीकरणसँगै साना किसान विकास लघुवित्त काराेबारकाे हिसाबले नेपालकाे सबैभन्दा ठूलाे लघुवित्त संस्था बनेकाे छ । संस्थाकाे चुक्तापुँजी ३ अर्ब ३३ कराेड र कुल पुँजी ८ अर्ब १२ कराेड रुपैयाँ पुगेकाे छ । त्यस्तै संस्थाकाे कर्जा ४५ अर्ब रुपैयाँ पुगेकाे छ ।

संस्थामा ११ लाख परिवार जाेडिएकाे छ । त्यस्तै १५७० साझेदार संस्थाहरु साना किसानमा जाेडिएका छन् । दुबै लघुवित्त संस्था १००:८७ सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)मा मर्ज भएका हुन् । अर्थात् आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर हुनेले साना किसान लघुवित्तको ८७ कित्ता सेयर प्राप्त गर्ने छन् ।

लघुवित्तको सञ्चालक समिति अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवराम प्रसाद कोईराला नियुक्त भएका छन् । यस्तै, लघुवित्तको सञ्चालकमा संस्थापक समूहबाट डा.बाबुकाजी थापा, जयेन्द्र विक्रम शाह र समता पन्त (भट्ट) छन् । साथै, सर्वसाधारण समूहबाट उमेश लम्साल र भीमप्रसाद तिमल्सिना सञ्चालक चयन भएका छन् ।

Advertisment

थप समाचार