काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले छिट्टै कारोबार सुरु गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ सात ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेसँगै कारोबार सुरु गर्ने भएको हो । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका सात नयाँ ब्रोकरलाई आफ्नो कारोबार प्रणालीमा आबद्ध गराउन सदस्यता दिने निर्णय गरेको थियो ।
१८ वटा ब्रोकर कम्पनैले नेप्सेमा आवेदन दिएका थिए । उक्त निर्णयसँगै तोकिएको मापदण्ड पूरा गरेका नयाँ ब्रोकरले नेप्सेबाट अनुमति लिएर कारोबार सुरु गर्नेछन् ।
Advertisment