Below Menu
Below Menu

प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा खुल्यो आईएमई लाइफको आईपीओ

प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा खुल्यो आईएमई लाइफको आईपीओ

काठमाडौं : आजबाट आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) विक्रि खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ९६ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

प्रतिकित्ता अंकित मूल्य १ सयमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गर्दै प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले आईपीओ खुलेको हो । सर्वसाधारणले न्यूनतम १० र अधिकतम १० हजार किक्तासम्मका लागि आवेदन दिन सकिने छ ।

आफ्नो खाता रहेको बैंकको जुनसुकै शाखामार्फत वा अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ । असार २५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

पछिल्लो पटक सञ्चालनमा आएको यस जीवन बीमा कम्पनीको चैत मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । सो अवधिसम्म प्रतिसेयर आम्दानी ९ रुपैयाँ २१ पैसा तथा सञ्चित नाफा १ अर्ब २६ करोड रुपैयाँ बराबर रहेको विवरणपत्रमा उल्लेख छ।

Advertisment

थप समाचार