Below Menu
Below Menu

को बन्ला प्रभु महालक्ष्मी लाइफको अध्यक्ष ?

को बन्ला प्रभु महालक्ष्मी लाइफको अध्यक्ष ?

काठमाडौं : एकीकृत कारोबारको अन्तिम तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति चयन गरेको छ। सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।

२०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यिय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो । स्वतन्त्र संचालकको मनोनयन एकिकृत कारोबार पछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ।

सञ्चालक समितिको अध्यक्षको हकमा एकिकृत कारोबारपछि बस्ने बैठकले मनोनयन गर्ने जनाएकाे छ र  प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीले जानकारी दिएको छ ।

Advertisment

थप समाचार