Below Menu
Below Menu

राष्ट्र बैंकमा लघुवित्तकाे गुनासो सुन्ने छुट्टै डेक्स

राष्ट्र बैंकमा लघुवित्तकाे गुनासो सुन्ने छुट्टै डेक्स

काठमाडौं : केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीसँग बचत तथा कर्जाकाे कारोबार गरिरहेका सदस्यहरुले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो सम्बोधनका गुनासो सुनुवाइ डेस्क स्थापना गरेको हो ।

राष्ट्र बैंकका अनुसार पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।

यस्तै अनलाइन गुनासो पोर्टलबाट वा इमेलमार्फत पनि गुनासो दर्ता गर्न सकिने जनाएकाे छ । साथै नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार