Below Menu
Below Menu

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोले रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो। 

पोखरेल समरजंग कम्पनीका पूर्वअधिकृत र महर्जन नक्कली मोही रहेको प्रहरीले जनाएको छ। व्युरोले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेका थिए ।

महर्जन नक्कली मोही, भट्टाराई कमनापा-४ का तत्कालीन वडासचिव र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी रहेका व्युरोले जनाएको छ। 

Advertisment

थप समाचार