Below Menu
Below Menu

सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट

सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट

काठमाडौं : आइतबार सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट आएर २०९७ कायम भएकाे छ । 

आज नेप्सेमा कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएकाे छ । २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढेकाे छ भने सबै उपसमूह घटेका छन् । आज बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्युत् ७९, जीवन बीमा १५१, उत्पादन १२९, माइक्रोफाइनान्स १९८, निर्जीवन बीमा ११३, अन्य ३७ र ब्यापार उपसमूह ६० अंक घटेकाे छ ।

दुई कम्पनी बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्त र माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशतले घटेकाे छ । 

Advertisment

थप समाचार