Below Menu
Below Menu

अन्तत: ब्राेकर लाइसेन्सकाे मुद्दामा पछि हड्याे अर्थ समिति

अन्तत: ब्राेकर लाइसेन्सकाे मुद्दामा पछि हड्याे अर्थ समिति

काठमाडौं : अन्ततः नयाँ ब्रोकर लाइसेन्सकाे मुद्दामा अर्थ समितिपछि हटेकाे छ । लाइसेन्स प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो । 

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसहित आज बिहान बसेको समितिको बैठकले ब्रोकर लाइसेन्स थप प्रक्रिया अघि बढाउने गरी स्वीकृति दिएको हाे । नेपाल धिताेपत्र बाेर्डमा नयाँ ब्रोकर लाइसेन्सका ४५ कम्पनीले आवेदन दिएकामा हालसम्म प्रक्रिया पुर्‍याएका र पूर्वाधार तयार गरेका १९ कम्पनीले लाइसेन्स पाइसकेका छन् । बाँकी आवेदन परेका कम्पनीहरूको समेत प्रक्रिया र पूर्वाधार हेरेर मापदण्ड पुगेकालाई लाइसेन्स दिने बोर्डको तयारी छ।

Advertisment

थप समाचार