काठमाडौं : आज प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन् । त्यसका लागि आज दिउँसो १ बजे संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्दै छ।
बैठकमा बजेटबारे अर्थमन्त्री डा. महतले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यही जेठ १५ गते संसद्मा प्रस्तुत बजेटबारेको छलफल आइतबार सकिएको हो । यस क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिने भएका हुन् ।
Advertisment