Below Menu
Below Menu

२ महिना भित्रै ९३ ब्रोकर कम्पनी सञ्चालनमा आउनेछन् : अध्यक्ष हमाल

२ महिना भित्रै ९३ ब्रोकर कम्पनी सञ्चालनमा आउनेछन् : अध्यक्ष हमाल

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अबको २ महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

बैंकका सहायक कम्पनीसहित १८ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छन्, अहिले ६८ वटा ब्रोकर संख्या पुगेको छ, अबको २ महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउनेछन्,’ उनले भने ।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिएपछि डेढ लाखभन्दा बढी आवद्ध भएका छन्, वैदेशिक रोजगारमा रहेका नेपालीहरु पनि पूँजी बजारमा आवद्ध हुने क्रम जारी छ, रेमिट्यान्स पनि उल्लेख्य बढेको छ,’ उनले भने ।

प्राइभेट इक्वीटी र भेन्चर क्यापिटललाई छिट्टै कार्यान्वनमा आउने उनको भनाइ छ । जसले स्टार्टअपले बिना धितो कर्जा पाउने प्ल्याटफर्मको सुरुवात हुने उनले बताए ।

Advertisment

थप समाचार