Below Menu
Below Menu

नेप्सेमा दोहोरो अंकले गिरावट

नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । आज बजार ३८.८३ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको हो।

नेप्सेका अनुसार आज २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ३१ करोड ९१ लाख ६९ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयर किनबेच भएको छ। कम्पनीको ३४ करोड २८ लाख १६ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। साथै, युनिलिभर नेपालको सेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

Advertisment

थप समाचार