Below Menu
Below Menu

आर्थिक सुधारका कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट आउँदै

आर्थिक सुधारका कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट आउँदै

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्।

सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउँदै छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो । 

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमा गर्नेछन् । बजेटमा विगतमा जस्तो स्रोत सुनिश्चित नभएका परियोजनामा रकम विनियोजन नहुने र सुधारको कार्यक्रमलाई समावेश गरिनेछ ।

अर्थमन्त्री महतले बजेटमा नयाँ ठूला परियोजना भने घोषणा गर्ने छैनन् ।

Advertisment

थप समाचार