Below Menu
Below Menu

प्रभु लाइफ इन्स्योरेन्सको लाभांशमा संशोधन

प्रभु लाइफ इन्स्योरेन्सको लाभांशमा संशोधन

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणको निर्देशनमा प्रभु लाइफ इन्स्योरेन्सले यसअघिको प्रस्तावित लाभांश घटाएको हो।

यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत लाभांश थियो।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले बीमा प्राधिकरणमा पेस गरेको थियो। बीमा प्राधिकरणले कम्पनीको वित्तीय विवरण ससर्त स्वीकृत गर्दै लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम कम्पनीको जेठ ३ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Advertisment

थप समाचार