Below Menu
Below Menu

खुम्चियो अर्थतन्त्र, अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब

खुम्चियो अर्थतन्त्र, अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब

काठमाडौं : चालू आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धि खुम्चिएको छ। कुल गार्हस्थ उत्पादन (जिडिपी) आधारभूत मूल्यमा २.२ प्रतिशतमात्र हुने भएको छ।

चालु आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्य २.१६ हुने प्रारम्भिक अनुमान रहेको छ । नेपालको अर्थतन्त्रको आकार चालु आवमा ५३ खर्ब ८१ अर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको बताइएको छ ।

रूस-युक्रेन युद्ध र त्यसले निम्त्याएको विश्वव्यापी मन्दीको असर पर्दा नेपालको आर्थिक वृद्धि खुम्चिएको हो। चालू आर्थिक वर्षको सुरुवातदेखि नै नेपालमा तरलता अभाव, ब्याजदर वृद्धिले कर्जा विस्तारलगायत सम्पूर्ण क्षेत्र खुम्चिएकाले यसको असर आर्थिक वृद्धिमा परेको हो।

 

Advertisment

थप समाचार